नेतृत्व परिचय

तामाङ समाज पोर्तुगल, पोर्तुगलमा वसोवास गरिरहेका तामाङ जातीहरुका सदस्यहरू र समस्त नेपालीहरुको सांस्कृतिक, सामाजिक, र धार्मिक एकता मजबुत पार्नका लागि स्थापना गरिएको एक सामुदायिक संस्था हो। यस संस्थाले तामाङ संस्कृतिको संरक्षण, प्रवर्द्धन, सामाजिक समस्या समाधान गर्न, भाषा, संस्कृति, कला र परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य गर्दै आएको सबैलाई अवगतनै छ। येही उदेश्य प्राप्तीका निम्ती तामाङ समाज पोर्तुगललाई नेतृत्व गर्नुभएका अध्यक्षहरुको छोटो परिचय।

तामाङ समाज पोर्तुगलका अध्यक्ष, तामाङ समाज पोर्तुगलका प्रमुख तथा तामाङ समाज पोर्तुगलको कार्यसमितीका प्रमुख हुन ।

स्थाई ठेगाना वागमति प्रदेश, नुवाकोट जिल्ला, त्रिशुली रहेको श्री सोम बाहादुर तामाङ थोकरको जन्म २०-नोवेम्बर-१९७८ मा भएको हो। ३३ बर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्व सम्हाल्नु भएको श्री थोकर, तामाङ समाज पोर्तुगलको संस्थापक अध्यक्ष र तामाङ समाज पोर्तुगलको इतिहासकै सबै भन्दा कम उमेरमा अध्यक्ष भएका हुनुहुन्छ। सेप्टेम्बर २००७ मा पोर्तुगल आइपुगेका थोकर एक सफल व्यावसायी समेत हुन। ०६ फेब्रुअरी २०११ देखी २९ फेब्रुअरी २०१३ कार्यकाल रहेको श्री थोकर हाल पोर्तुगल र वेलायातको स्थाई वासिन्दा हुनुहुन छ। श्री थोकर तामाङ समाज पोर्तुगलको स्थापनाका लागी संघर्ष गर्ने अग्रणी व्यक्तिहरूमध्ये एक हुन। श्री थोकर तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ ।

तामाङ समाज पोर्तुगलको दोश्रो अध्यक्ष श्री दावा साांगे पाख्रिन तामाङ सन २०११ मा तामाङ समाज पोर्तुगल स्थापना गर्न आयोजना गरिएको भेलाका संयोजक तथा कार्यक्रम संचालक हुनुहुन छ। नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, ठुलो पाखर रहेको श्री पाख्रिनको जन्म १५-जनवरी-१९७२ मा भएको हो।  ०१-मार्च-२०१२ मा ४० वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएका श्री पाख्रिनले तामाङ समाज पोर्तुगलको ईतिहासमा सबै भन्दा छोटो समय ४ महिना १४ दिन तामाङ समाजलाई नेतृत्व प्रदान गर्नुभएको छ। श्री पाख्रिन, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले किचन शेफ श्री पाख्रिन हाल स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ समाज पोर्तुगलको तेस्रो अध्यक्ष श्री पाल्जोर लामा दोङको नेपाल स्थाई ठेगाना गण्डकी प्रदेश, काश्की जिल्ला, पोखरा रहेको छ। श्री पाख्रिनको जन्म ०२-मार्च-१९७३ मा भएको हो। १५-०७-२०१२ मा ३९ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएका श्री दोङले तामाङ समाज पोर्तुगलको ईतिहासमा सबै भन्दा लामो समय ३ वर्ष ७ महिना तामाङ समाजलाई नेतृत्व गर्नुभएको छ। श्री दोङ, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले लामा गुरु श्री दोङ, हाल बेल्जियम को स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ समाज पोर्तुगलको स्थापनाका लागी संघर्ष गर्ने अग्रणी व्यक्तिहरूमध्ये एक तथा तामाङ समाज पोर्तुगलको संस्थापक सदस्य र सचिव श्री योन्जन लामा तामाङ समाज पोर्तुगलको चौथो अध्यक्ष हुनुहुन छ। नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, लिसन्खु रहेको छ। श्री योन्जनको जन्म १०-मार्च-१९७० मा भएको हो।१४-फेब्रुअरी -२०१६ मा ४६ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। श्री योन्जन, तामाङ समाज पोर्तुगलको आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले गायक, नायक तथा व्यवासायी श्री योन्जन हाल पोर्तुगलको स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ संस्कृतिले तामाङ महिलाहरूलाई उच्च र सम्मानित स्थानमा राख्दै तामाङ समाजको उत्थानमा उनीहरूको योगदान र दायित्वको उच्च कदर गर्ने र दाजुभाई र चेलीबीच पारस्परिकता, आपसी सहयोग र समताको मूल्यलाई बढावा दिने कुरालाई अवलम्बन गर्दै, सन २०१८-फेब्रुअरी -१८, आईतवारका दिन श्री सुनिता तामाङ ब्लोन  ज्युले प्रथम महिला अध्यक्षको रुपमा ३५ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भयो। तामाङ समाज पोर्तुगलको पाँचौ  अध्यक्ष श्री ब्लोनको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, चितवन जिल्ला, रत्ननगर-३, टाडी रहेको छ। श्री ब्लोनको जन्म ०२-जुन-१९८३ मा भएको हो। श्री ब्लोन, तामाङ समाज पोर्तुगलको आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । श्री ब्लोन, पेशाले किचन शेफ र  व्यवासायी हाल स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ समाज पोर्तुगलको छैठौं अध्यक्ष श्री मिग्मार लामा पाख्रिनको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, हेलम्बु-५, चौमथली रहेको छ। श्री पाख्रिनको जन्म २२-नोवेम्बर-१९८६ मा भएको हो।०२-फेब्रुअरी-२०२० मा ३४ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। श्री पाख्रिनल, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले व्यवासायी श्री योन्जन हाल पोर्तुगल र स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ समाज पोर्तुगलको सातौ अध्यक्ष श्री सुजन लामा मोक्तानको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, सुनकोशी रहेको छ। श्री मोक्तानको जन्म १८-जुलाई-१९८७ मा भएको हो।२१-जनवरी-२०२२ मा ३५ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। पेशाले पर्यटन प्रवर्धक श्री मोक्तान हाल पोर्तुगलको स्थाई वासिन्दा हुनुहुन छ।

तामाङ समाज पोर्तुगलको आठौं तथा वर्तमान अध्यक्ष श्री गोपाल योन्जनको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, धादिङ जिल्ला, छपजुङ-३, नेत्रावती रहेको छ। श्री योन्जन को जन्म ०८-फेब्रुअरी-१९७८ मा भएको हो।२१-जनवरी-२०२४ मा ४६ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो।स्पस्ट वक्ता, सामाजिक अभियानता तथा समाजसेवी श्री योन्जन पेशाले व्यवासायी हुनुहुन छ। पोर्तुगलको स्थाई ठेगाना मोन्तिजो, सेतुबल रह्को छ।

Scroll to Top