भुतपुर्व कार्यसमिती

तामाङ समाज पोर्तुगल, पोर्तुगल रहेका तामाङ जातहरुका सदस्यहरू र समस्त नेपालीहरुको सांस्कृतिक, सामाजिक, र धार्मिक एकता मजबुत पार्नका लागि स्थापना गरिएको एक सामुदायिक संस्था हो। यस संस्थाले तामाङ संस्कृतिको संरक्षण, प्रवर्द्धन, सामाजिक समस्या समाधान गर्न, भाषा, संस्कृति, कला र परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य गर्दै आएको सबैलाई अबगत नै छ। येही उदेश्य प्राप्तीका निम्ती तामाङ समाज पोर्तुगललाई नेतृत्व गर्नु भएका कार्यसमितीका सदस्यहरुको छोटो परिचय प्रस्तुत गरिएको छ।

तामाङ समाज पोर्तुगलको सदस्यहरुले आफ्नो हक, हित र चासोको प्रतिनिधित्व गर्न तामाङ समाज पोर्तुगलको विधानले व्यवस्था गरे अनुसार अध्यक्ष र कार्यसमितीका सदस्यहरु निर्वाचित गर्छन्। कार्यसमितीको कार्यकाल अवधि विधानले व्यवस्था गरे अनुसार २(दुई) वर्ष रहेको छ। ।

Scroll to Top