चन्द्रपात्रा अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारमनाईन्छ । जहाँ मनाए पनि तामाङ जतीले पर्वलाई आफ्नो संस्कृति प्रबर्द्धन गर्ने मौकाका रुपमा उपयोग गरेका छन् । अन्य समुदायका लागि सोनाम ल्होछार तामाङ संस्कृतिबारे बुझ्ने अवसर बनेको छ ।सोनाम ल्होछार तामाङ जातीहरूको एक विशेष सांस्कृतिक पर्व तथा अन्य मुख्य जातीहरूको साझा साँस्कृतिक पर्व हो। सोनाम ल्होछारको मुख्य उद्देश्य पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षको स्वागत गर्नु हो।संन २०११ फेब्रुअरी ०६ मा ल्हो मनाउदै स्थापना भएको तामाङ समाज पोर्तुगलले आजका मिती सम्म पनि हरेक वर्ष विविध संस्कृतिक कार्यक्रम आयोजना गरि ल्होछार मनाउदै आएका छौ। तामाङ समाज स्थापना हुन भन्दा पहिलै देखिनै हाम्रा अग्रजहरुले पोतुगलमा सोनाम ल्होछार मानी आएको इतिहासलाई पनि याहा जानकारी को लागी समावेश गरिएको छ। प्रमाणित तथ्यहरूलाई हरियो टिक चिन्ह प्रदान गरिएको छ।
