तामाङ समाज पोर्चुगलको आयोजनामा, युरोप महादेश भित्र रहेका विभिन्न मुलुकहरूमा बसोबास गर्दै आउनुभएका तामाङ जातीको लागी साझा सन्जाल, संरक्षण र सशक्तिकरण भन्ने तीन कार्यसुचीमा छलफल गर्दै मञ्जुश्री संवत २८६२, २१ नोभेम्बर २०२६ का दिन राजधानी लिस्वोन शहरमा रहेको Lisboa Ginásio Clube, मा ऐतिहासिक युरोप तामाङ भेला–२०२६ सम्पन्न भएको छ।तामाङ भेला२०२६ , युरोप केवल एउटा कार्यक्रम मात्र नभई युरोपभरि छरिएर रहेका तामाङ जातीलाई एउटै साझा मञ्चमा जोड्ने, आपसी सम्बन्ध विस्तार गर्ने, सामूहिक नेतृत्व विकास गर्ने र भावीपु स्ताका लागि हाम्रो पहिचान, अस्तित्व तथा अधिकारलाई संस्थागत रूपमा अघि बढाउने ऐतिहासिक अभियानको सुरुवात हो।

