तामाङ जातीको विशिष्ट पहिचानको रूपमा रहेको जन्म देखि मृत्युसम्मको संस्कार, सोनाम ल्होछार पर्व, तामाङ भाषा/लिपी, परम्परागत संस्थाहरू क्रमश ताम्बा, बोन्बो, लामा र गाम्बा तथा तामाङ संस्कृतीलाई पोर्तुगल र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन, विकाश र एकरूपताको लागी महत्वपूर्ण भूमिका स्थापना निर्वाह गर्नुनै प्रमुख उदेश्य राखेका छौं ।
समस्त तामाङ जातीको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक सम्मुन्नतिका लागी सामुहिक र संगठित रूपमा योगदान दिन पोर्तुगलमा संगठन निर्माण गरी क्रियाशील रहँदै आएका संघ तथा संगठनहरू संग समन्वय गर्दै तामाङ जतीको हक-अधिकार एवम् विशिष्ट मौलिक पहिचानको रूपमा रहेका भाषा, लिपि, संस्कृति आदिको संरक्षण, सम्बर्द्धन तथा तामाङ जतीको साझा सवालमा नीति निर्माण, नेतृत्व विकास र मानव अधिकारको प्रत्याभुतिको लागि सक्रिय रही दिगो विकाशमा हातेमालो, छलफल, योजना निर्माण गर्दै तामाङ जातीको बृहत्तर हितमा सशक्तिकरण र जागृति फैलाउनका निम्ती तामाङ समाज पोर्तुगल स्थापना गरेका छौं ।
मञ्जुश्री संवत २८४७ ह्योई ल्हो(बिरालो वर्ग), बिक्रम संवत २०६७ साल माघ २३, आईतवार, सन 2011 February 06, Sunday का दिन पोर्तुगलमा वसोवास गरिरहेका नेपाली तामाङ जातीहरुलाई संगठित गर्न पोर्तुगलको राजधानी लिस्वोन शहरमा अवस्थित Marques de Pombal, Rua Luciano Cordeiro मा रहेको नेपाली रेस्टुरेन्ट Gorkha Palace Restaurant मा भेला भई पोर्तुगमा क्रियाशिल संघ/संगठन तथा धर्तीको दशै दिशावाट पोर्तुगल आइपुग्नु भएका नेपाली दाजुभाई, दिदीबहिनीहरु र कोन्ज्योसोमलाई साक्षी राख्दै विधिवत रुपमा तामाङ समाज पोर्तुगल स्थापना गरेका छौं ।