पोर्तुगलमा नेपाली तामाङको आगमन वा उपस्थितिको ईतिहास खोजी गर्दै जादा विभिन्न तथ्यहरू सामुन्ने आएका छन । पोर्चुगलमा नेपाली तामाङ जाती सँग सम्बन्धित तथ्यहरूको समयरेखा तल जानकारीको निम्ति प्रस्तुत गरिएको छ। साथमा १० तामाङ जसलाई तामाङ समाज पोर्तुगलले, पोर्तुगलमा नेपाली तामाङको पहिलो पुस्ता मानेको छ उहाँहरु वारे सानो परिचय पनि समावेश गरेका छौं । प्रमाणित तथ्यहरूलाई हरियो टिक चिन्ह प्रदान गरिएको छ।