पोर्तुगलमा नेपाली तामाङहरुको आगमनसँगै सोनाम ल्होछार मानिआएको ईतिहास खोजी गर्दै जादा विभिन्न तथ्यहरू सामुन्ने आएका छन । चन्द्रपात्र अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार , यस वर्ष जनवरी २००७ आईतवार, राजधानी लिस्वोन शहरमा रहेको Rua Dr. Almeida Amaral N 15 मा तामाङ समाज पोर्तुगलले पहिलो पुस्ता मानेको श्री जय राम लामा तामाङ रुम्बा को तत्कालिन आवाशमा सानो औपचारिक कार्यक्रम, प्रार्थाना र खानपिन गरी २८४३ औँ सोनाम ल्होछार फाग ल्हो(बँदेल वर्ग) मनाइयो। पोर्तुगलमा बसोबास गर्ने तर संगठित नभऐका तामाङ जाती र अन्य जाती समुदायका लागी कार्यक्रमले पोर्तुगलमा तामाङ जातीको उपस्थिती रहेको जानकारी प्रदान गर्यो। यस कार्यक्रमको संचालन, कार्यक्रम संयोजक श्री बाबू राजा लामा लो गर्नु भऐको थियो। साथै उक्त कार्यक्रमा श्री साईला लामा पाख्रिन (पहिलो नेपाली तामाङ) र श्री विजय लामा घलानको पनी उपस्थिती रहेको थियो।


